skip this

बलिवुड अभिनेता रमेश देवको निधन

888 shares
oil-nigam-amlekhgunj-adv.jpeg

एजेन्सी । बलिवुड अभिनेता रमेश देवको निधन भएको छ। अमिताभ बच्चन, राजेश खन्नासमेत केही कलाकारसँग स्क्रिन सेयर गरेका प्रसिद्ध मराठी अभिनेता रमेश देवको निधन भएको हो ।
९३ वर्षको उमेरमा देवको गएराति मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् । मुम्बईको धीरुभाइ अस्पतालमा उनको मृत्यु भएको हो । उनले चार दिन अघि मात्रै ९३ औं जन्मदिन मनाएका थिए।
केही मराठी र हिन्दी चलचित्रमा अभिनय गरेका रमेश देवको श्रीमती सीमा पनि अभिनेत्री हुन्। उनका छोराहरु अजिन्क्य र अभिनय पनि बलिवुडसँग जोडिएका छन्।
‘आरती’ बाट हिन्दी चलचित्रको यात्रा सुरु गरेका रमेश देवले सरस्वती चन्द्र, आनन्द, आपकी कसम, मेरे सपने, तीन बहुरानियाँ, पतीता जस्ता चलचित्रमा अभिनय गरेका थिए ।

 

nijgadh-supermart-adz1200-630