skip this

टेलिशृंखला मेरो एउटा प्रेम—कथा निर्माण हुने : शीर्ष गीत रेकर्डिङ, कलाकार र कथाको खोजी

975 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । टेलिशृंखला मेरो एउटा प्रेम—कथा निर्माण हुने भएको छ । समीर जोशीको निर्देशनमा सत्य कथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेम कथाको शीर्ष गीत रेकर्डिङ भएको छ । गीतमा रत्नशोभा महर्जनको स्वर, सुमन कपालीको संगीत र ज्योति खतिवडाको शब्द रहेको छ ।
टेलिशृंखलाको निर्माता सानु नेपाल, पटकथा तथा संवाद ज्योति खतिवडा, उषाकिरण अधिकारी र समीर जोशीको रहेको छ । केही समयपछि छायाकन हुने टेलिशृंखलाको कलाकार छनोट, र पटकथा सम्बाद लेखन कार्य भैरहेको निर्माता नेपालले बताइन् ।


टेलिशृंखलाको कथा दर्शकले पठाएको आफ्नै प्रेम—कथामा आधारित हुने निर्देशक जोशीले बताए । टेलिशृंखलामा विभिन्न चर्चित व्यक्तिको प्रेमकथा समेत प्रस्तुत गरिने छ । ‘ आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित हुने छ,’ जोशीले भने–टेलिशृंखलामा विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेम—कथा समेत प्रस्तुत गरिनेछ ।’
डिजी पेको प्रस्तुति, सानु मुभिज र विनभ क्रिएसनले निर्माण गर्ने टेलिशृंखलाको छायांकन विनोद श्रेष्ठले गर्नेछन् भने सुनिल श्रेष्ठले सम्पादन गर्नेछन् ।


दर्शकले कथा पठाउन सक्ने
दर्शकले प्रेम कथा पठाउन सक्नेछन् । जसका लागि binavcreations@gmail.com इमेल ठेगाना उपलब्ध गराईएको छ । कथा टेलिश्रृंखला प्रसारण भएमा उचित पारिश्रमिक समेत प्रदान गरिने निर्माता सानु नेपालले बताईए । अभिनय गर्न चाहेमा मौका दिईने निर्देशक जोशीले बताए ।

nijgadh-supermart-adz1200-630