skip this farak Kura Pravakar

गायक दिनेश गाैतमकाे ‘लखर लखर’ गीतको म्युजिक भिडियो सार्वजनिक

939 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : गायक दिनेश गौतमको डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ ।
गीतमा राजीव थापा (राजश्री)को शब्द र पुस्तकप्रसादको संगीत छ । गीतमा गायक दिनेशलाई गायिका अनु सिंहले साथ दिएकी छन् ।
भारतीय अनुको यो पहिलो नेपाली गीत हो । एक अधबैंसे साइला दाइलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा पुरुष स्वरमा महिला मोडललाई लिप्सिंङ गराइएको छ ।
देब धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओ राजश्री इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडिओमा विजयराज भुर्तेल, रन्जिता विश्वकर्मालगायत फिचर्ड छन् ।
हेर्नुस् भिडियो

nijgadh-supermart-adz1200-630