skip this farak Kura Pravakar

तानसेन-बुटवल सडक एकतर्फी सञ्चालन

402 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : पहिरोका कारण तीन दिन देखि अबरुद्ध तानसेन बुटवल सडक एकतर्फी संचालनमा आएको छ ।
    तीन दिन अघि तानसेन–८, तल्लो डुम्रेमा ठुलो पहिरो खसेर सडक अबरूद्ध बनेको थियो ।
   अबरुद्ध सडक खुले संगै हजारौ यात्रु गन्तब्यतर्फ लागेका छन । पहिरोका कारण तिन वटा घर पुरिएका थिए ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीका अनुशार पहिरो निकै ठुलो भएकाले हटाउन समय लागेको हो ।
एकतर्फी मात्र संचालनमा आएको सडक पानी पर्यो भने कुनै पनी बेला फेरी रोकिने भन्दै खत्रीले सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरेका छन्।
      सडकमा खसेको पहिरो हटाउन चार वटा डोजर र स्काभेटर प्रयोग गरिएको थियो ।

nijgadh-supermart-adz1200-630