सुरक्षाको मुख्य भूमिका हुने फिल्म ‘ग्रीन बर्ड’ शुभमुहर्त

942 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : महिला प्रोटागोनिस्ट फिल्म ‘ग्रीन बर्ड’ चितवनमा शुभमुहर्त गरिएको छ ।
    योङ स्टार सिनेमा र निर्वाणा फिल्म स्कुलले संयुक्तरुपमा निर्माण गर्ने फिल्मकाे  आजदेखि छायांकन सुरु गरिएको हाे ।
   सुरक्षा पन्त, कमलमणी नेपाल र अफरान अलीको मुख्य भूमिका रहेको फिल्म छायांकन चितवनमा कार्यशाला भैरहेको घरमै फिल्म छायांकन सुरु गरिएको हाे । फिल्ममा खुपिका बाउकाे परिचित कमल नेपालकाे पनि भुमिका छ । त्यस्तै फिल्ममा नायिका सुरक्षाकाे आमाकाे भूमिकामा  ईश्वरी सिंहले अभिनय गर्नेछिन् । उनी सञ्चारकर्मी तथा संगित प्रशिक्षक हुन् ।

मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका प्रमोद कँडेलले फिल्म निर्देशन गर्नेछन् । यो उनको डेब्यु फिचर प्रोजेक्ट हुनेछ । कात्तिक कर्नाटकले खिच्ने फिल्ममा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने भएको छ । मेथड एक्टिङलाई चित्रण गर्नकै लागि सबै कलाकारलाई सुटिङ हुने घरमै राखिएको क्रिएटिभ निर्देशक निगम श्रेष्ठले जनाए ।
परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध गएर आफ्नै जीवन जिउन चाहने एक युवतीको संघर्ष फिल्मको कथ्य हो ।

nijgadh-supermart-adz1200-630