श्रीमतीको जन्मदिनमा हिमाल सागरको गित ‘एकादेशको कथा’ सार्वजनिक (भिडियो)
वि.सं.२०७८ भदौ २९ मंगलवार १७:२८
काठमाडौं : सांगेतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक हिमाल सागर लकडाउनकाे कारण उतै बस्नु पर्याे ।
अमेरिका बसाइँकाे क्रममा दुई वटा म्युजिक भिडियो सार्वजनिक गरेका हिमाल सागरले तेस्रो गित `एकादेशकाे कथा´ सार्वजनिक हुदाँ स्वदेश आईपुगेका छन् । हिमाल सागरले यसअघि तिमि छौ.. र भुलिदेउ.. गित सार्वजनिक गरेका थिए ।
४ दिनअघि बाई-बाई युएसए भन्दै हिमाल सागरले फेसबुकमा लेखेका थिए- केही कार्यक्रमको क्रममा अमेरिका बसाइमा मलाई माया गर्ने सबै मायालु मनहरु प्रती धेरै-धेरै धन्यवाद !
गायक हिमाल सागरले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ‘एकादेशको कथा’ ल्याएका छन् ।
‘एकादेशको कथा’ सार्वजनिक हुदाँ हिमाल श्रीमती निशा निराैलाकाे जन्म दिन परेकाे छ ।
रोमान्टिक शैलीको गीतमा श्याम पराजुलीको शब्द र संजय हमालको संगीत संयोजन छ । अमेरिकाको पिट्सबर्ग, पेन्सिलभेनिया लगायत स्थानमा छायाँकन भएको भिडियोमा पूर्ण लम्साल र लक्ष्मी ओलीको रोमान्स देख्न सकिन्छ । दिलकृष्ण श्रेष्ठको निर्देशन रहेको भिडियो प्रविन मानन्धरले सम्पादन गरेका हुन् । पी एण्ड एच प्रोडक्सनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
हेर्नुस् भिडियो :
यो पनि पढ्नुस्
https://faraknepal.com/1390
वि.सं.२०७८ भदौ २९ मंगलवार १७:२८