टिकटक बनाउने क्रममा सेती नदिमा खसेर युवती बेपत्ता

वि.सं.२०७८ भदौ २९ मंगलवार १८:२१

काठमाण्डौं : टिकटक बनाउने क्रममा तनहुँको शुक्लागण्डकीस्थित सेती नदिमा खसेर युवती बेपत्ता भएकी छिन् ।
वडा नं. ४ र ८ को सिमास्थित रकगार्डेन क्षेत्रमा तस्बिर खिच्ने र टिकटिक बनाउने क्रममा वडा नं. ८ की १९ वर्षिय पवित्रा लम्साल खसेर बेपत्ता भएकी हुन् ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी ज्ञान बहादुर खड्काका अनुसार पक्की पुल र झलुङ्गे पुलकोबीचबाट युवत्ती खसेर बेपत्ता भएकी हुन् ।
तीन जना साथीहरुसँग मिलेर उनीहरु सेतीको किनार रकगार्डेन गएका थिए । बेपत्ता पवित्राको केहिदिनअघि मात्र विवाह भएको बताइएको छ ।
प्रहरीलाई घटनाबारे दिउँसो २ बजे जानकारी आएको थियो । जानकारी लगत्तै प्रहरीले सेती नदि छेउछाउमा खोजी कार्य सुरु गरेको थियो । खोजीका लागि भिमाद क्षेत्रमा पनि प्रहरी परिचालन गरिएको छ ।
यसअघि दाङ्गको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ निवासी २४ वर्षीय रमेश थापाको पुरन्धाराको छहराको झोलुंगे पूलमा झुन्डिएर टिकटक बनाउने क्रममा खसेर मृत्यु भएको थियो ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १८:२१