skip this

प्रमोद खरेलको मोहनी गितको म्यूजिक भिडियोमा पूर्ण लम्सालको अभिनयको तारिफ (भिडियोसहित)

645 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : अमेरिकामा बस्दै आएका पूर्ण लम्सालको धमाधम म्यूजिक भिडियो सार्वजनिक भईरहेको छ । तीन दिन अघि उनी अभिनित ‘मोहनी’ सार्वजनिक भएको छ । उनको तीन महिनाभित्र सार्वजनिक चौथो नेपाली म्यूजिक भिडियो हो ।
हिमाल सागरको गित तिमि छौ र बाट अभियन यात्रा सुरु गरेका लम्सालले तीन महिनामा ४ वटा गितमा अभियन गरिसकेका छन् । नवलपरासीको प्रगतिनगरका लम्साल ७ वर्ष अघि अमेरिका पुगेका थिए । उनी त्यहाँ व्यवसाय सञ्चालन गर्दै आएका छन् । अभिनय रुचिको विषय भएपनि म्यूजिनक भिडियो खेल्न बल्ल त्यो अवसर जुरेको हो ।
उनले ४ वटै गित हिमाल सागरसंग गरेका हुन् । तीन वटा गितमा हिमाल सागरले स्वर दिएका छन् भने एउटामा संगित दिएका छन् । लम्साल अभिनित गित तिमि छौ र, भुलिदेउ, एकादेशको कथा हिमाल सागरले गायका हुन भने तीन दिन अघि सार्वजनिक मोहनी प्रमोद खरेलले गायका हुन् । गितमा हिमाल सागरले संगित भरेका छन् ।
उनी अभिनित ४ वटै गित उनकै युटुब च्यानल पी एण्ड एच प्रोडक्सनबाट सार्वजनिक गरिएका छन् ।
मोहनीमा फरक अभिनय
प्रमोद खरेलको आवाजमा रहेको मोहनीमा लम्सालले भिन्न खाले अभिनय देख्न सकिन्छ । विक्की पुलामीले निर्देशन गरेको भिडियोमा पूर्ण लम्साललाई लक्ष्मी ओली र एशोदा शिवाकोटीले साथ दिएका छन् । उनको यसअघिको तीन भिडियो भन्दा फरक स्वरुपमा लम्साललाई प्रस्तुत गरिएको छ । रमाईलो शैलीमा प्रस्तुत गरिएका लम्सालको अभिनयको तारिफ भएको छ ।

उनी अभिनित अन्य म्यूजिक भिडियो

 

nijgadh-supermart-adz1200-630