बाघको आक्रमणबाट ४ वटा बाख्राको मृत्यु ६ वटा अझै बेपत्ता,बाघको बिगबिगिले स्थानीय त्रसित
वि.सं.२०७८ कात्तिक १० बुधवार १७:५७

निजगढ (बारा) : निजगढ नगरपालिका वडा न १२ कोलगाउ स्थित एकै गाउँको फरक चार घरको १० वटा बाख्रामध्य ४ वटा बाख्रा निजगढ-१२ को पशुपति सामुदायिक बन परिसर भित्रको कुलो छेउको जङ्गलमा बाघको आक्रमणबाट छेतबिछेत मृत अबस्थामा स्थानीय बासिले फेला पारेका हुन। हराएको १० वटा बाख्रामध्य ६ वटा अझै बेपत्ता रहेको साथै गाईको बाछाबाछीहरु समेत हराईरहेको स्थानीयले बताएका छ। हाराईएक केही बाख्रा गाईहरु बाघलेनै खाएको हुन सक्ने स्थानियले दाबी गरेका छन।
यो नै यस्तो पहिलो घटना भने नरहेको आरक्ष नजिकै रहेकोले यो जङ्गलमा दिनानुदिन बाघको बिगबिगी जोखिम बढीरहेको र यस्तो घटना पटकपटक भैरहेको अवस्थामा होशियारि अपनाउन अत्यन्तै जरुरी देखिएको छ। बन्यजन्तुले कतिखेर कसलाई आक्रमण गर्छ कुनै ठेगान नभएको बेला बन जङ्गलभित्र घाँस-दाउरा र स्याउला गर्न जाँदा आउँदा समेत होशियारपूर्वक जङ्गल प्रवेश गर्न अत्यन्तै जरुरी देखिएको अन्यथा मृत्युको शिकार बन्नु शिवाय अरु विकल्प नरहेको स्थानीयबासिको ठुलो पिडा रहेको स्थानीय युवा निकेश तिमल्सिनाले जानाकारी दिनुभएको हो।
वि.सं.२०७८ कात्तिक १० बुधवार १७:५७
















