skip this

रमेश उप्रेतीलाई दिपा श्री र सरनाले ताकेपछि…(म्यूजिक भिडियोसहित)

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : सरना श्रेष्ठको गित हिमालको छेउमा लै लै लै…मा नायक रमेश उप्रेती अभिनय गरेका छन् । राजनराज शिवाकोटीको शब्द र संगित रहेको गितको भिडियो म्यूजिक नेपालबाट सार्वजनिक गरिएको छ ।
भिडियोमा नायक उप्रेतीले अभिनेतृ दिपा श्री निरौला र सरना श्रेष्ठसंग देखिएका छन् । हिमाल छेउकी दुई युवतीको भूमिकामा देखिएकी दिपा र सरना रमेशको प्रेममा डुबेका हुन्छन् । दुवैले रमेशलाई मनपराउँछन् । उनीहरु रमेशको कल्पनामा डुबेको कथालाई भिडियोमा उतारिएको छ ।
लामो समय नेपाली चलचित्र क्षेत्रमा राज गरेका रमेश अमेरिका बस्दै आएका थिए । उनी नेपालमै केहि गर्नुपर्छ भनेर स्वदेश फर्केर फिल्म निर्माणमा समेत गरेका थिए । एश्वर्या फिल्मले व्यवसायिक रुपमा राम्रो सफलता नपाएपछि फिल्मको गित निकै चर्चित बनेको थियो । रमेश म्यूजिक भिडियोमा देखिन थालेका छन् ।
महानायक प्रकरणमा विवादमा तानिएकी दिपा पछिल्लो समय म्यूजिक भिडियोमा देखिन थालेकी छिन् ।
हेर्नुस् भिडियो :

nijgadh-supermart-adz1200-630