नेपालमै पहिलो पटक चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्रयास कोर्स) निजगढमा सुरु
वि.सं.२०७८ मंसिर १ बुधवार २०:१२

बारा : नेपालमै पहिलो पटक चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्रयास कोर्स) बाराको निजगढमा सुरु भएको छ ।
चलचित्र विकास बोर्डको आयोजना तथा नेपाल चलचित्र निर्देशक समाजको समन्वय एवं संस्थापक अध्यक्ष युवराज लामाको प्रस्तावमा नेपालमै पहिलो पटक क््रयास कोर्ष निर्माण गरेर प्रशिक्षण दिन थालिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले क्याप बोर्ड गरेर प्रशिक्षणको उद्घाटन गरेका छन् । प्रदेश २ का बारादेखि सलार्हीसम्मका ३२ जना प्रशिक्षार्थी सहभागि छन् ।
उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, संविधान सभा सदस्य जयराम दाहाल, निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने खनाल, नायक निखिल उप्रेती, होटल तथा पर्यटन व्यवसायि संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने, चलचित्रकर्मी जनक कार्की लगायतले सम्बोधन गरेका थिए ।
नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका संस्थापक युवराज लामाले स्वागत र चलचित्र पत्रकार संघका महासचिव जनकदीप पराजुलीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा निर्देशक प्रकाश भट्टराई, नेपाल चलचित्र निर्देशक समाजका कोषाध्यक्ष समुन्द्र कट्टेल, प्रदेश संयोजक अरुण कुमार प्रधान, प्रशिक्षक पुरुषोत्तम प्रधान, चलचित्र विकास बोडका अधिकृत प्रभाकर भट्टराई, चिरञ्जीवि गुरागाई, दिनेश कोइराला, होटल तथा पर्यटन व्यवसायि संघ बाराका उपाध्यक्ष अर्जुन लम्साल, महिला नेतृ माला लामा, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारी, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य जीतलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
एक साता सञ्चालन हुने प्रशिक्षणको पहिलो दिन युवराज लामा र दयाराम दाहालले लेखन तथा निर्देशनबारेमा प्रशिक्षण दिएका छन् ।
लेखन, निर्माण, सम्पादन, निर्देशन, अभिनय र मिडिया एण्ड मार्केटिङ लगायतका बिषयमा प्रशिक्षण दिइने कार्यक्रममा नायक निखिल उप्रेती, अभिनेता अनुप बराल, रक्षा सिंह राणा, पुरुषोत्तम प्रधान, सन्तोष श्रेष्ठ, जनकदीप पराजुली, सामीप्य तिमल्सिना, लगायतले समेत प्रशिक्षण दिनेछन् ।
कार्यक्रमलाई चलचित्र तथा लोक संचार प्रबद्र्धन बोर्ड, निजगढ नगरपालिका कार्यालय, होटल तथा पर्यटन व्यवसायि संघ बारा लगायतले सहयोग गरेका छन् ।
सर्वसाधारणलाई फिल्मप्रति आकर्षण गर्ने उदेश्यले आयोजना भएको हो । तालिममा चलचित्र लेखन, निर्देशन तथा छायाङ्क जस्ता विषयमा सहभागीहरुलाई जानकारी गराइने आयोजक तथा चलचित्र विकास बोर्डका संथापक अध्यक्ष युवराज लामाले जानकारी दिए ।
वि.सं.२०७८ मंसिर १ बुधवार २०:१२

















