skip this

नेकपा (एमाले) निजगढ अधिवेशन : नयाँ नेतृत्व कि निरन्तरता ?

1.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

अध्यक्ष पदमा बाहलवाला अध्यक्षसंगै अरु तीन जना यूवा नेताले निजगढ नगरपार्टीको नेतृत्वमा दाबी गरेका छन् । पार्टी अन्र्तसंघर्षमा अलग–अलग समुहमा रहेका उनीहरु विभाजनसंगै एकै ठाउँमा उभिएसंगै नेतृत्व कसले पाउँछ भन्ने चासो छ ।

बारा : नेपाल कम्युनिस्ट पाटि(एमाले) निजगढ नगरकमिटीको प्रथम नगर अधिवेशन मंसिर ३ गते निजगढ–८ स्थित निजगढ बैंन्क्यूट एण्ड सेमिनार हलमा हुदैँछ ।
अधिवेशनको पाटि स्थायी कमिटी सदस्य शंकर पोखरेलले उद्घाटन गर्नेभएपछि भब्य बनाउन एमालेले सबै संयन्त्र परिचालन गर्दैछ ।
आर्थिक जोहोदेखि जनसहभागिता जुटाउन विभिन्न उपसमितिमार्फत तयारीमा जुटेको छ । नगरस्तरिय महिला र युवा भेला समेत आयोजना गरिसकेको छ ।
कसले पाउँछ नेतृत्व
अधिवेशनले नगर कमिटी गठन गर्ने भएकाले यसको नेतृत्व कसले गर्छ भनेर चासोका साथ हेरिएको छ ।
पार्टी विभाजन भएसंगै विद्रोहको क्रम सुरु भएको अवस्थामा पार्टी चलायमान बनाउनुपर्ने चुनौतीको बिचमा नेतृत्व चयन गर्नुपर्ने एमाले निजगढलाई बाध्यता छ ।
पुरानैको दाबी
नेकपा (एमाले), नेकपा र विभाजनसम्मको अवस्थामा नेतृत्व गरेका दिलबहादुर लामा पुनः नेतृत्वको रहन चाहान्छन् ।
पार्टी दुई लाईन संघर्षमा संस्थापन पक्षलाई साथ दिएका लामालाई पुनः नेतृत्वमा ल्याउन उनी पक्षधरको चाहाना छ । अध्यक्ष लामाले समेत नेतृत्वमा चाहाना राखेका छन् । उनकै नेतृत्वमा निजगढ नगरपालिकाको स्थानीय चुनावमा मेयरमा पराजय भोग्नु परेको थियो ।
नयाँको जोश
नगर पार्टी कार्यालय सचिवको रुपमा क्रियाशिल थानेश्वर सापकोटा ‘अविरल’ पार्टीको नेतृत्वमा आकाक्षा राखेका छन् । पार्टी गतिविधिसंगै बागदेव दुग्ध सहकारी संस्थालाई कुशलता नेतृत्व दिएका सापकोटाले नेतृत्वको लागि आकाक्षा राखेका छन् ।
त्यस्तै नेतृत्वका लागि आकाक्षा राखेका छन्, जयराम कुमरले । उनी वडा नं. ४ का अध्यक्ष हुन् । जनप्रतिनिधिका रुपमा रचनात्मक कार्य गर्दै अलगछाप बनाईरहेका कुमरले नेतृत्वमा आकाक्षा राखेका हुन् ।
त्यस्तै नेतृत्वको लागि पूर्व नगर सचिव तिलक घलान पनि आकाक्षिा देखिएका छन् । उनी जिल्ला सदस्य चयन भएका छन् । उनी साविक रतनपुरी गाविसका पार्टी अध्यक्ष समेत हुन् । त्यसअघि उनले गाउँ पार्टी सचिवको रुपमा काम गरेका थिए ।

nijgadh-supermart-adz1200-630