skip this

नेपाली नायिकाको अभिनय र नेपालमा छायाङकन गरिएको साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नेपाली नायिकाको अभिनय र नेपालमा छायाङकन गरिएको साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ ।
२ मिनेट ४१ सेकेन्डको ट्रेलरमा नेपाली नायिका स्वस्ति खड्काको आइटम डान्सको झलकका अलवा अन्य दृश्य समेत समेटिएको छ । जसमा नेपाली कलाकार माओत्से गुरुङलाई समेत देख्न सकिन्छ ।


खड्का फिल्ममा एक आइटम गीतमा देखिनेछिन्, भने माओत्सेको महत्वपूर्ण भूमिका छ ।
राजीव शेट्ठीको निर्देशन रहेको ‘थिरिमाली’ नेपालको पोखरा, काठमाडौं, लुक्ला लगायतका स्थानमा छायाङ्कन भएको थियो । ट्रेलरमा नेपालका दृश्य पर्याप्त राखिएका छन् ।


फिल्मले भारतबाट नेपाल घुम्न आएको तीन साथीको कथा देखाउनेछ । हिन्दी, मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा रिलिज हुने बताइएको फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरिश कणरण, अन्ना राजनका साथै नेपाली कलाकार उमेश तामाङको पनि अभिनय छ ।


एस के लरेन्स र रानी लरेन्स निर्माता रहेको फिल्मको प्रदर्शन मिति तय हुन बाँकी छ ।
ट्रेलर

nijgadh-supermart-adz1200-630