दिल्लीमा नेपालीको भान्सा, जसलाई हिन्दुस्तान टाईम्सले उत्कृष्ठ क्याफे सम्मान दियो
वि.सं.२०७८ कात्तिक १५ सोमवार १६:०६

दिल्ली (पहाडगञ्ज) : भारतको राजधानी दिल्लीको विदेशी पर्यटकको चलहपहल हुने एक ठाँउ पहाडगञ्ज । नेपालको पोखराको लेकसाईडको झल्को दिने पहाडगञ्जको संगल राशनको एउटा गल्लीबाट केहि पाईलामा नै पुगिन्छ–एभरेष्ट बेकर क्याफे ।
बोर्डमा अग्रेजीमा लेखिएको छ–टेस्ट अफ काठमाण्डौ एट हार्ट अफ दिल्ली । सबैभन्दा मुनी नेपाली अक्षरमा लेखिएको छ–यहाँ नेपाली खाना पाईन्छ । ब्रेक फास्टदेखि लन्च र डिनरसम्म पाईने एभेरेष्टमा नेपाली र तिब्बतीयन खाना विशेष पाईन्छ ।

नेपालको राजधानी काठमाण्डौंको नयाँ बानेश्वर शान्ति टोलका जयकृष्ण गिरी डेढ दशकदेखि पहाडगञ्जमा रेस्टुरेन्ट र क्याफे सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गरेको क्याफे भारतको लोकप्रिय हिन्दुस्तान टाईम्सले सन् २००९ मा शहरभित्रको उत्कृष्ठ क्याफेका रुपमा सम्मान गरेको थियो ।

उनले पत्नी बिजया र छोराको साथमा ४ महिनादेखि एभरेष्टमा छिर्नासाथ नेपाली झण्डा देखिन्छ । नेपालको पहिचान झल्किने आकृती देखि विभिन्न पर्यटकीय स्थलको फोटो झुण्डिएका छन् ।

नेपाली गित गुञ्जिरहेको छ, होटलमा नेपालीहरु आफ्नो भाषमा गफ गरिहरेका छन् । होटल सञ्चालक बिजया गिरी आगन्तुकलाई स्वागतमा नमस्कार गर्छिन् । नेपाली, चाईनिजसहित अन्य युरोपीयन पाहुना पनि उनको होटलम आई पुग्छन् । त्यसै मध्येका एक हुन्–रामचन्द्र गौतम । उनी भारतबाट स्टेशनरी लगायतका सामाग्रीको नेपाल लगेर थोक विक्रि गर्छन् । उनीको एक दशकदेखि दिल्ली बसाईमा खानाको लागि पहिलो रोजाई नै यहिँ होटल हुने गरेको छ । ‘पहिलेदेखि नै म नेपाली खानाका लागि यहाँ आउने गरेको छु’, गौतमले भने–‘होटल सञ्चालक परिवर्तन भएपनि सधै नेपाली खाना खान पाईएको छ ।’

होटल सञ्चालक बिजयाले पहिले लज भएको हाटलमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएको र अहिले लज र होटल एकै ठाँउ गर्न नपाईने नियम लागु भएपछि एभरेष्ट सञ्चालन गरिएको बताईन् । उनले काठमाण्डौं क्याफे समेत सञ्चालन गरिएको स्मरण गर्दै विदेशी कफी पारखी अहिले पनि खोज्दै आउने गरेको बताईन् । नयाँ होटलमा विद्युत भोल्टेजको कारण कफी मेसिन चलेको छैन् । युरोपीयन ग्राहक फर्किएपछि मन खिन्न पारेकी बिजयाले नेपाली र तिब्बतीयन खानाको राम्रो प्रवन्ध गरिएको बताईन् ।

त्यस क्षेत्रकै पुराना होटल व्यवसायीका रुपमा चिनियका जयकृष्ण गिरीले नेपालको पहिचानका लागि उनले होटलको नामाकरणदेखि डेकुरेशनसम्म ख्याल गर्छन् ।
वि.सं.२०७८ कात्तिक १५ सोमवार १६:०६















