skip this farak Kura Pravakar

अभिनेता शाहको पक्षमा १५ वकिलले बहस गर्ने

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । अभिनेता पल शाहविरुद्ध लागेको जबरजस्ती करणी मुद्दामा बुधबार वादी पक्षले बहस सकेको छ।

निवेदक तर्फबाट दुई जना सरकारी वकिल र सातजना अधिवक्ताले पीडितको पक्षमा बहस गरेका हुन्।

बालिकाको परिवारले शाहसँगै उनका म्यानेजर कृष्ण जोशीविरूद्ध पनि किटानी जाहेरी दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले दुवै जनाविरुद्ध मुद्दा दायर गरेको छ। जोशीले करणी गर्न सघाउ पु¥याएको गरिएको छ।

बुधबार जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा पहिलो बहस न्यायाधिवक्ता रामचन्द्र शर्माले गरेका हुन्। पीडितका तर्फबाट बहस गर्न सात जना अधिवक्ता काठमाडौँबाट तनहुँ पुगेका छन्।

नाबालिकालाई करणी गरेको अभियोगमा किटानी जाहेरी परेपछि शाहविरुद्ध तनहुँ र नवलपरासी जिल्ला अदालतमा करणी मुद्दा परेको छ। जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार शाहविरूद्ध १२ वर्षदेखि १४ वर्ष र म्यानेजर जोशीलाई सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दार गरेको थियो।

बिहीबार प्रतिवादी पक्षका वकिलको बहस सकिने जिल्ला अदालतले जनाएको छ। शाह र जोशीको पक्षमा बहस गर्न १५ जना कानुन व्यवसायीले वकालत नामा लेखाएका छन्।

बिहीबार प्रतिवादी पक्षको बहस सकिएपछि वादी पक्षले जवाफी बहसका लागि समय पाउनेछन्। त्यसपछि थुनछेक आदेश आउने पीडितको पक्षमा बहस गर्न पुगेकी एक अधिवक्ताले जानकारी दिइन्। शाहले बयानमा बालिकामाथि करणी गरेको स्वीकार गरेका छन्।

nijgadh-supermart-adz1200-630