skip this

काे हुन् स्व. हिमालय शमशेर जबरा ?

९५ वर्षकाे उमेरमा नर्भिक अस्पतालमा निधन

4.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – नेपालका प्रथम अर्थ सचिव एवं नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएकाे छ ।

९५ वर्षको उमेरमा जबराको आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

काे हुन् जबरा ?

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको पहिलो अर्थ सचिव, नेपाली मुद्राका प्रवर्तक, हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्मका स्थापनाकार हुन् ।

राणा अप्रिल २६ , १९५६ देखि फेब्रुअरी ७, १९६१ सम्म नेपाल राष्ट्र बैङ्कको गभर्नर बनेका थिए ।

स्व.हिमालय शमशेर जबरा

हिमालय शमशेर राणा प्रधानमन्त्री श्री ३ देव शमसेरको नाती हुन् । सोही कारण उनले जन्मँदै कर्नेल उपाधि पाएका थिए । उनी पनि देशको प्रधानमन्त्री बन्ने रोलक्रममै थिए ।

nijgadh-supermart-adz1200-630