राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदै
वि.सं.२०७९ माघ २२ आइतवार ०९:२७
921
shares

काठमाडौं । आज राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म छ ।सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी दलले आज उम्मेदवार चयन गर्दैछन् ।
सत्ताइतरका दलहरुबीच उम्मेदवारबारे छलफल भइरहेको र आज टुंग्याइने नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले बताए । तराष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ मा सकिएपछि हालसम्म उक्त पद रिक्त छ ।
वि.सं.२०७९ माघ २२ आइतवार ०९:२७

















