जमुनाह नाकाबाट लागु औषध सहित ५ जना पक्राउ
वि.सं.२०७९ जेठ २९ आइतवार ०८:०५

काठमाडौं । १७ ग्राम लागु औषध ब्राउन सुगरसहित नेपालगन्जको जमुनाह नाकाबाट ५ जना पक्राउ परेका छन्।भारत नेपाल प्रवेश गर्नेक्रममा उनिहरुको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्दा दिवसले बोकेको कालो झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम खैरो हिरोइन फेला परेको हो।पक्राउ पर्नेमा दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय केसी र लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी रहेका छन्।
यस्तै भारतबाट नेपाल आउदै गरेका दुइ जना पनि खैरो हिरोइन सहित पक्राउ परेका छन। उनीहरु पनि लमहीकै हुन। पक्राउ पर्नेमा लमही नगरपालिका ५ दाङ बस्ने वर्ष २१ का सोनु श्रेष्ठ र २० वर्षका बिशाल कुवंर रहेका छन।लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले नाकामा जाँच गरेको थिय । त्यसक्रममा श्रेष्ठले बोकेको गुडियाको भित्र लुकाएर ल्याइएको ७ ग्राम खैरो हिरोइन फेला परेको हो।
वि.सं.२०७९ जेठ २९ आइतवार ०८:०५

















