विश्वकपमा पहिलोपटक एकै खेलमा घानाको ३ गोल, दक्षिण कोरिया पराजित
वि.सं.२०७९ मंसिर १२ सोमवार २२:१४
1.1K
shares

काठमाडौं-घानाले दक्षिण कोरियालाई हराउँदै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सोमबार साँझ भएको खेलमा घाना ३–२ गोलले विजयी बनेको हो ।
खेलको पहिलो हाफमा नै घानाले २–० अग्रता बनाएको थियो । घानाका लागि मोहम्मद सालिसु र मोहमद कुडुसले १० मिनेटको अन्तरमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा चो गुई सुङको दुई गोलको मद्दतले दक्षिण कोरिया खेलमा फर्कने प्रयास गरेको थियो ।
यद्यपि, ६८ औँ मिनेटमा कुडुले गोल गर्दै घानाको जीत सुनिश्चित गरे । विश्वकपमा एकै खेलमा घानाले तीन गोल गरेको यो पहिलो अवसर हो । उता दक्षिण कोरियाले विश्वकपमा पछिल्ला ११ खेलमा एकमा मात्र जीत हासिल गरेको छ ।
वि.सं.२०७९ मंसिर १२ सोमवार २२:१४

















