सिके राउतको जनमत पार्टीले पनि कटायो थ्रेस होल्ड
वि.सं.२०७९ मंसिर १२ सोमवार २२:०१
1.69K
shares

काठमाडौँ-डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनि समानुपातिकतर्फको मतगणनामा तीन प्रतिशत मत ल्याएको छ।
समानुपातिकको ९४ लाख ६२ हजार ९०८ मत गणना हुँदा उसले २ लाख ८४ हजार ८६८ मत पाएको छ जुन ३ प्रतिशत मत हो।
तीन प्रतिशतको मत सम्पूर्ण मतगणनामा कायम नै राखे जनमत पार्टीले समानुपातिकतर्फ चार सिट पाउनेछ।
प्रत्यक्षतर्फ उक्त पार्टीबाट एक सिट जितेको छ। अध्यक्ष राउतले सप्तरी २ बाट चुनाव जितेका हुन्।
वि.सं.२०७९ मंसिर १२ सोमवार २२:०१

















