पूर्वमन्त्री मन्सुरले सुरु गरे जिल्ला प्रशासन कार्यालय बाराको मुलगेटमा धर्ना
वि.सं.२०७८ फागुन २८ शनिवार १४:४०

बारा । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुला मन्सुर जिल्ला प्रशासन कार्यालय बाराको मुलगेटमा धर्नामा बसेका छन् ।
नेपाली काङ्ग्रेस बारालाइ परिवारबादबाट जोगाउन भन्दै सहमहामन्त्री मन्सुरसहित नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता धर्नामा बसेका हुन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको दोस्रो चरणको निर्वाचन आज हुने तय भएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा तेस्रो भएका उम्मेदवार रमानन्द यादबले पहिलो भएका राजेश राय यादबलाई समर्थन गरेका छन् ।
निर्वाचनमा यादब र शम्भु बुढाथोकीबीच प्रतिस्पर्धा छ । उनीहरु दुवै संस्थापन पक्षका हुन् । संस्थापन इतरका यादबले समेत राजेश राय यादबलाई समर्थन गरेपछि अर्का उम्मेदवार बुढाथोकीलाई अप्ठेरो परेको छ । यादबलाई पूर्वमन्त्री एवं सहमहामन्त्री उमाकान्त चौधरीको समर्थन छ भने बुढाथोकीलाई पूर्वमन्त्री एवं सहमहामन्त्री मन्सुरको समर्थन रहेको छ ।
वि.सं.२०७८ फागुन २८ शनिवार १४:४०

















