skip this

बर्दिबासमा लागूऔषधसहित चार जना पक्राउ

1.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । इलाका प्रहरी कार्यालय बर्दिबासले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बर्दिबासबाट खटिएको प्रहरी टोलीले आज बर्दिबासस्थित सेन्टर पोइन्ट बोर्डिङ स्कुल नजिकैबाट चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बर्दिबास(१४ बस्ने २३ वर्षीय दिनेश साह, सोही ठाउँ बस्ने २३ वर्षीय पोटा भन्ने रामबाबु महतो र चाकु भन्ने जित बहादुर पूर्वछाने रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले प्रतिबन्धित नाइट्रोभेट–१० लेखिएको एक पत्तामा ३० चक्कीको दरले चार पत्तामा १२० चक्की, पत्ता काटिएको सानो टुक्रामा २ चक्की गरी जम्मा १२२ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।उनीहरूलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा नै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले बताए ।

nijgadh-supermart-adz1200-630