skip this farak Kura Pravakar

विभिन्न स्थानमा मृत अवस्थामा चार जना फेला

972 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौं, ललितपुर, रोल्पा र डडेलधुरामा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित मकैबारीमा सोही नगरपालिका–७ रामकोट बस्ने ४० वर्षीय नवराज गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।ललितपुरको ललितपुर महानगरपालिका–१४ ताल्चीखेल बस्ने भोजपुर घर भएका ७० वर्षीय हरि बहादुर श्रेष्ठ सोही स्थानको सडक छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

रोल्पाको रोल्पा नगरपालिका–१ मेवाङ डेरा गरी बस्ने त्रिवेणी गाउँपालिका–१ टुक्लाकरेटी घर भएका ४७ वर्षीय बल बहादुर डाँगी आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । डडेलधुराको अमरगढी नगरपालिका–२ कुश्मालीस्थित घटाल खोलामा सोही नगरपालिका–५ बस्ने १८ वर्षीय किरण पाठक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

nijgadh-supermart-adz1200-630