शिवम् सिमेन्ट्सको अध्यक्षमा गोयल

210 shares

काठमाडौं-शिवम् सिमेन्ट्सको अध्यक्षमा गौरव गोयल चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले गोयललाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि कम्पनीको सातौँ साधारणसभाले चारवर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारू, गौरव सारडा र शैलजा राई गरी पाँचजनालाई सञ्चालकमा निर्वाचित गरेको थियो । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालक पदमा नियुक्ति गर्दै ६ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको वार्षिक साधारणसभामा आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।