skip this

गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले….

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । युवतीलाई भेट्न उनको घरमै गएका युवक दुर्घटनामा परेका छन् । खासमा जतिबेला ती युवक युवतीको साथमा उनको घरमा थिए त्यही बेला बाहिर कोही आएको आवाज सुनियो । तीन युवकलाई लाग्यो कि शायत युवतीका ब्वायफ्रेण्ड आएका हुन् । डरले आत्तिएका उनले दायाँबायाँ केही नहेरी ३ तला माथिको कोठाको झ्यालबाट हाम्फाले ।

३ तला माथिबाट हाम्फालेका कारण ती युवकका दुवै खुट्टा भाँचिए । तर, पछि थाहा भयो कि युवतीको ढोकामा उनको ब्वायफ्रेण्ड नभइ उनका हाउसमेट (एउटै घरमा बस्नेहरु) आफ्नो कुकुरलाई घुमाएर आएका थिए ।

आइरिश मिररका अनुसार घटना आयरल्याण्डको कोर्क सहरको हो । जतिबेला युवक युवतीको घरमा थिए उनले ढोकाको घण्टी बजेको र ढोकामा कसैले कुरा गरेको सुने । युवतीले भने ढोकामा आफ्नो त्यही घरमा बस्ने अर्का एक युवकसँग कुरा गर्दै थिइन् । त्यही बेला उनीहरुले ठूलो आवाज सुने । तल गएर हेर्दा हाम्फालेका युवक घस्रिँदै घरबाहिर जाने प्रयास गर्दै थिए ।

युवकलाई घाइते अवस्थामा देखेपछि उनीहरुले तत्काल एम्बुलेन्स बोलाए । अहिले युवकको उपचार भइरहेको छ । यति उचाइबाट खसेर पनि उनको ज्यान भने बच्यो ।

उनको अवस्था स्थिर छ र केही दिनमा उनलाई डस्चार्ज गरिने बताइएको छ । रिपोर्टमा उनीहरुको पहिचानको खुलासा गरिएको छैन ।

nijgadh-supermart-adz1200-630