skip this

निजगढ १० का मृगौला पीडित सिङतानको उपचारका लागि साथी सहकार्य युवा क्लबद्धारा १२ हजार हस्तान्तरण

3.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढका मृगौला पीडितको उपचारका लागि साथी सहकार्य युवा क्लबले संकलन गरेको १२ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

निजगढ नगरपालिका वडा नं. १० का मृगौला पीडित बुद्धलाल सिङतानको अस्पतालमा उपचार भई रहेको र थप उपचारको लागी आर्थिक अभाव रहेकोले उपचार्थ सुरु गरिएको ‘बुद्धलाल सिङतान बचाऊ’ अभियान अन्तर्गत क्लबले संकलन गरेको रकम हस्तान्तरण गरेको हो ।

क्लबको आह्वानमा निजगढ न.पा वडा न. ९ का टंक श्रेष्ठले एक हजार एक सय रुपैया, निजगढ न.पा. वडा न.८ का युवक लामा हाल काठमाडौंबाट एक हजार गरि १२ हजार एक सय रुपैया पीडितको घरमै पुगेर शनिबार हस्तान्तरण गरेको हो ।

पीडितको दाजु सन्तलाल सिङतानको नामको चेक उनका आमालाई क्लबका सदस्यहरुले चेक हस्तान्तरण गरेको क्लबका अध्यक्ष विपुल लामाले जानकारी गराएका छन् । उनले बुद्धलाल सिङतान बचाऊ अभियानमा हातेमालो गरिदिन आग्रह गरेका छन् ।

nijgadh-supermart-adz1200-630