skip this farak Kura Pravakar

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

699 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ । नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलाको विरुद्ध दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार उच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।

जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुवै पक्षले दिएको पुनरावेदनमाथि शुक्रबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । सो आदेशसँगै अब शाहलाई १५ दिनभित्र उच्च अदालत पोखरामा उपस्थित गराउनुपर्नेछ ।

सोमबार मानव बेचबिखनको कसुरमा ७ वर्षको कैद सजाय सुनाएलगत्तै पाण्डे अब कम्तीमा ७ वर्ष कैदमा बस्नुपर्ने देखिएको हो ।

nijgadh-supermart-adz1200-630