skip this

होली विशेष अनुभव : भाग–२–पहिला हानेको लोलाको अहिले ‘गिल्टी फिल’ हुन्छ (भिडिओ)

ऋषि बडाल, प्रवन्ध निर्देशक, कान्तिपुर भेट डिष्टीब्यूटर प्रा.लि.

3.68K shares
oil-nigam-amlekhgunj-adv.jpeg

अनुभवको दोस्रो श्रृखलालाई होली विशेष बनाएका छौं । यो अंकमा कान्तिपुर भेट डिष्टीब्यूटर प्रा.लि.का प्रवन्ध निर्देशक ऋषि बडालले होलीको अनुभव सुनाएका छन् ।

नेपालीहरुको महान चाड होली यो वर्ष पहाडमा विहीबार र तराईमा शुक्रबार परेको छ । होलीमा लगाउने रंगले हामीलाई एक प्रकारको प्रेम र उर्जा प्रदान गर्दछ । त्यसैले होलीलाई त्यहि रुपमा मनाउन आवश्यक छ ।

होलीलाई विकृतिको रुपमा रुपमा मनाउनु हुदैन । होली सबै नेपालीको पर्व बनिसकेको छ । एक–अर्काको सहमतिमै हाली लगाउनु पर्दछ । नेपालीहरुले व्यवस्थित रुपमा खेलौं । अरुलाई अप्ठेरो हुने गरि होली खेल्नु पनि हुदैन ।

यो पनि पढ्नहोस्

अनुभव-पहिलो श्रृखला–व्यवसाय गर्न लगानी कुरेर बस्नु नहुने रहेछ (भिडिओ)

हामी सानैदेखि होली खेल्थ्यौं । होलीको रंगसंगको अनुभव सानैदेखिको हो । ३० वर्षअघिको होलीलाई सम्झने हो भने निकै रमाईलोसंग खेलिन्थ्यो । होलीमा लोला हान्ने चलन सुरु भएको थियो । त्यतिबेला हामीले महिलाहरुलाई लोला हानेर रमाउने गरिन्थ्यो । महिलाहरुको टाउकोमा, शरिरको विभिन्न भागमा लोलाले लाग्थ्यो । त्यतिबेला त्यसबाट हामीले आनन्न लिन्थ्यौं । त्यो बेलाको अविष्मरणीय थियो । तर त्यहि कुरा अहिले सम्झिदा चाँहि त्यो गलत नै गरिएछ भनेर गिल्टी फिल हुन्छ ।

nijgadh-supermart-adz1200-630