skip this

नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय– गगन थापा

966 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको बताएका हुन । उनले यो घटना मात्र नभएर प्रवृत्ति भएको भन्दै अझै गहिरोसँग अनुसन्धान गर्न आग्रह गरेका छन् ।

‘उनले समाजिक सञ्जालमा लेखेका छन्, नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । ‘यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन,’ उनले भने ।

nijgadh-supermart-adz1200-630