skip this

निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन गृहमन्त्री खाँण सप्तरीमा

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन आज बिहान गृहमन्त्री बालकृष्ण खाँण सप्तरी गएका छन् । निर्वाचन सुरक्षाबारे आज बिहान ११ बजे राजविराजको आइगार्डेन होटलमा आयोजना हुने गोष्ठीमा मन्त्री खाँण सहभागी हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् ।

गोष्ठीमा सप्तरी, सिरहा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहने छ ।विराटनगरबाट बिहानै सप्तरी आएका गृहमन्त्री खाँणले छिन्नमस्ता मन्दिरमा पूजाआजा गरेका थिए । त्यसपछि उनले स्थानीय कांग्रेसका उम्मेदवार र पार्टी कार्यकर्ताहरुसँग भेटघाट गरेका थिए ।

 

nijgadh-supermart-adz1200-630