skip this

बन्दी गृहलाई सुधारगृह बनाउनुपर्नेमा गृहमन्त्री खाणको जोड

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कारागार विधेयकमा कारागारभित्रका कैदीबन्दी र थुनुवाहरुको लागि प्रजजन अधिकारको व्यवस्था गरिएको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन्।आज राष्ट्रिय सभाको बैठकमा कारागार विधेयक–२०७६ माथि छलफलका क्रममा आएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री खाणले कारागार भित्रका बन्दीहरु पनि नागरिक भएकाले उनीहरुलाई मानवीय व्यवहार गरिनुपर्ने बताएका हुन ।

गृहमन्त्री खाणले केही कारागारहरु घरेलु उत्पादनमा जोडिए पनि उनीहरुलाई राष्ट्रिय उत्पादनमा कसरी जोड्ने भन्ने विषयमासमेत कारागार विधेयकले समेटेको उल्लेख गरेका छन् । उनले विधेयकमा खुला कारागाारको व्यवस्थासहित महिला बन्दीहरुलाई प्रजजनको अधिकारको व्यवस्था गरिएको बताउँदै कैद भुक्तान गरिसकेपछि उनीहरुलाई घर परिवारमा कसरी समायोजन गर्न सक्ने भन्ने योजना पिन समेटिएको बताएका छन्।गृहमन्त्री खाणले कारागारको भौतिक पूर्वाधारमा व्यापक सुधार गर्नुपर्ने खाँचो औंल्याएका छन्। बन्दी गृहलाई सुधारगृह बनाउनुपर्नेमा उनले जोड दिए।

nijgadh-supermart-adz1200-630