skip this yams_Max_Hospital.jpeg

२०७८ असाेज ३ गतेकाे दिन यस्तो छ, तपाईंको राशिफल

336 shares
oil-nigam-amlekhgunj-adv.jpeg

वि.सं.२०७८ साल असोज ०३ गते । आइतबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–चतुर्दशी, ,रातको ०५ बजेर ०७ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– शतभिषा,रातको ०४ बजेर १८ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– धृति, बेलुकी ०६ बजेर ३६ मिनेट उप्रान्त शूल । करण– गर, बेलुकी ०५ बजेर २४ मिनेट उप्रान्त वणिज, रातको ०५ बजेर ०७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ ।
   काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान ३० घडी २८ पला ।  पञ्चक, संविधान दिवस, अनन्त चतुर्दशीव्रत, कुमारी इन्द्रजात्रा, स्वाँछाय,लड्कु ढँडार मष्ट्रोपूजा ।
मेष :
विभिन्न भौतिक तथा विलासी सामानहरू जुट्नेछन् । माया प्रेममा नजिक हुने समय रहेको छ ।
वृष :
राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट लाभ पाउनेछन् ।  व्यापार व्यवसायबाट आम्दानी हुनेछ ।
मिथुन :
सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।
कर्कट :
परिवार तथा आफन्त जनसँग मनमुटाब बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविश्वास सिर्जना हुनेछ ।
सिंह :
पर्यटकीय तथा रमाइलो यात्रा हुनेछ । व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ ।
कन्या :
शत्रुलाई परास्त गर्न सकिनेछ । आम्दानीका स्रोतहरू फराकिला पार्दै तत्काल नयाँ व्यवसाय थालनी गर्न सकिनेछ ।
तुला :
विगतका गल्ती तथा कमी कमजोरीहरूलाई सच्याउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा मन जानेछ ।
वृश्चिक :
पढाइ लेखाइमा समय दिन नसकिने हुँदा अरूभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा कामहरू समयमा सकाउन मुस्किल पर्नेछ ।
धनु :
दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने पेसा व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामीप्य बढ्ने योग रहेको छ । मकर :
कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ  ।
कुम्भ :
समयको सहि सदुपयोग गरी प्रशस्त लाभ लिने समय रहेको छ । बोलेरै मनग्गे भन आर्जन गर्न सकिने तथा सापटी स्वरूप दिएको धन सम्पत्ति फिर्ता आउनेछ ।
मीन :
विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।  सामान्य आँखा सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला ।

nijgadh-supermart-adz1200-630