दिउँसो भेटेर गएकाे निजगढमा पढ्ने छाेरीकाे फाेन उठेन, साथीले देखिन झुन्डिएको
वि.सं.२०७८ असोज ३ आइतवार ०७:३०
बारा (निजगढ) : बाराकाे निजढ-८ स्थित कृष्णमन्दिर नजिककाे एक घरमा एक किशोरी मृत फेला परेकी छिन् ।
स्थानीय गाैरीशंकर माध्यमिक प्राविधिक शिक्षालयमा कृषि बालि विज्ञान (एजी) दाेस्राे वर्षमा अध्ययनरत १८ वर्षिया छात्रा प्रियका यादव शनिबार राती मृत फेला परेकी हुन् ।
राैतहटकाे माैलापुर नगरपालिका- ३ गमहरियाका शिवपुजन यादबकि छाेरी प्रियका काेठामा झुन्डिएको अवस्थामा राती १० बजे अर्को काेठामा बस्ने उनकी साथीले देखेकि हुन् ।
बुवा शिवपुजनले गरेकाे फाेन रिसिभ नभएपछि सन्ध्यालाइ सम्पर्क गरेका थिए । सन्ध्या बाेलाउन जाँदा काेठकाे भित्रैबाट लगाएकाे र बाेलाउदा समेत नबाेलेपछि पछाडिको झ्यालबाट हेर्दा प्रियकालाई झुन्डिएको अवस्थामा देखेकी थिईन् ।
शिवपुजन छाेरीलाई दिउँसो भेटघाट गरेर फर्किएका थिए
ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख शंकर चाैधरी नेतृत्वको टाेलीले आफन्त र घरबेटीकाे राेहबरमा ढाेका फाेडेर अनुसन्धान थालेको छ ।
उनकाे शव परीक्षणकाे लागि चपुर लैजाने तयारी भईरहेकाे छ ।
वि.सं.२०७८ असोज ३ आइतवार ०७:३०