skip this

हेर्नुहोस् आजको राशिफल

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने तथा प्राविधिक कार्यमा सफलता मिल्नुका साथै प्रेमीको सहयोग प्राप्त हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मनपर्ने खानेकुरा पाइने तथा प्रेमीको सहयोग पाइनुका साथै साँझमा खर्च बढ्ने र आफूलाई कमजोर भएको महसूस हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज पारिवारिक जीवन सन्तोषप्रद रहने तथा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने तथा समाजमा प्रभाव पार्न सकिनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावना देखिन्छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको दिन भाग्यशाली भएर देखा पर्ने योग रहेको छ भने सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिने तथा विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मन खिन्न हुने स्थिति आउने योग रहेको छ भने बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्नुका साथै मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने धार्मिक तथा समाज सेवामा मन लाग्ने तथा आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज मनमा शान्तिको अनुभूति हुनुका साथै पुरानो र बिर्सिसकेको साथीको सम्झना आउने तथा शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज घरपरिवारसँग समय व्यतीत हुने योग रहेको छ भने लगनशीलताले कामहरू अगाडि बढ्ने तथा नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज दैनिक व्यवहारमा खर्च बढ्ने योग रहेको छ भने आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर नयाँ र शुभ कार्यको योजना बन्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइनुका साथै पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अतिथिको रूपमा सत्कार पाइने योग रहेको छ भने कृषि क्षेत्रबाट सफलता मिल्ने तथा सुखद् मिलनको योग छ र दाम्पत्य जीवन सुखमय हुनेछ ।

nijgadh-supermart-adz1200-630