आफूसँगै जेलमा बसेकालाई शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले दिए निम्तो
वि.सं.२०७९ फागुन २९ सोमवार १३:०८
687
shares

काठमाडौं । राजनीतिक आन्दोलनका क्रममा आफूसँगै जेलमा बसेकाहरूलाई नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण समारोहमा बोलाएका छन् ।आज दिउँसो १ बजे शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
उक्त समारोहमा उपस्थित हुन राष्ट्रपति पौडेलले आफूसँगै जेल बसेका इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा र डिल प्रसाद सापकोटालाई बोलाएको पौडेलको निजी सचिवालयले जनाएको छ ।
वि.सं.२०७९ फागुन २९ सोमवार १३:०८

















