वर्ष २०७९ मा शनिबारबाहेक ४३ दिन सार्वजनिक विदा, कुन-कुन पर्वमा हुने भयो विदा ? (सूचीसहित)
वि.सं.२०७८ फागुन २६ बिहीवार १८:५०

काठमाडौं । सरकारले आगामी वर्ष शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले २०७९ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदाको दिन बाहेक वर्षभरीमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।
तीन वटा पर्व तथा दिवस भने शनिबार भित्रै परकोले छु्ट्टै तीन दिन बिदा हुनबाट जोगिएका छन् । जसमा गौरा पर्व, महाशिवरात्री र अन्तराष्ट्रिय अपांगता दिवसका रहेका छन् । ती पर्व र दिवसका दिन शनिबार परेको हो ।
जसमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा पाँच दिन तिहार विदा, पाँच दिन सबैका लागि दिवस विदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र विदा गरेर ६ दिन दिवस बिदा दिइएको छ ।
यस्तै तीन दिन जन्मजयन्ती बिदा दिइएको छ । जसमा बुद्ध जयन्तीका दिन सबैका लागि विदा भए पनि अरु दुइ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ ।
गृह मन्त्रालयले सार्वजनिक विदासँगै पर्व एवम सट्टा विदा तथा कार्यालय समय पनि निर्धारण गरेको छ ।
मन्त्रालयले आगामी वर्षमा बैशाखदेखि कात्तीक १५ सम्म माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय हाजिर हुने र छुट्ने समय तोकेको छ ।
शुक्रबारेको दिन भने बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म कार्यालय समय तोकिएको छ ।
वि.सं.२०७८ फागुन २६ बिहीवार १८:५०
















