skip this

स्रोत नखुलेको १२ लाख ५० हजार नेपाली रकम सहित भारतीय नागरिक पक्राउ

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । रूपन्देहीमा स्रोत नखुलेको १२ लाख ५० हजार नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले स्रोत नखुलेको १२ लाख ५० हजार नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

आइतबार दिउँसो साढे २ बजेतिर ईलाका प्रहरी कार्यालयको टोलीले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.१ वाइपास रोडबाट उक्त रकमसहित भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्ज जुगौली बस्ने ४६ वर्षीय आशिष साहुलाई पक्राउ गरेको हो।

बरामद गरिएको रकम र मोटरसाइकलसहित साहुलाई समेत आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देही जानकारी दिएको छ।

nijgadh-supermart-adz1200-630