skip this farak Kura Pravakar

तारकेश्वरमा एकै परिवारका चारजनाको विभत्स हत्या

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको तारकेश्वरमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ । नगरपालिका–२ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ ।घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मृत्यु हुनेमा श्रीमान,श्रीमती र दुई छोराछोरी रहेका छन् ।

एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ।गोरखा भीमसेन गाउँपालिका–६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन्। हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630