skip this

अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन काठमाडौं महानगरको निर्देशन

783 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। काठमाडौं महानगरपालिकाले अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन व्यवसायी र संघसंस्थालाई निर्देशन दिएको छ । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ ।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ ।

सो अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने महानगरले भनेको छ ।

nijgadh-supermart-adz1200-630