५० वर्षमा पहिलो पटक प्रधानमन्त्रीले लगाए आपतकाल
वि.सं.२०७८ फागुन ३ मंगलवार ११:२६

काठमाडाैं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार विरोध प्रदर्शन रोक्नका लागि आपतकालीन शक्तिको प्रयोग गरेका छन् । अमेरिकासँग जोडिएको सीमा बन्द गरिएका छन् ।
आपतकाल अधिनियमअन्तर्गत सरकारले प्रदर्शनकारीको कोषमा कटौती गर्ने उद्देश्यले यस्तो कदम उठाएको हो । ५० वर्षमा पहिलो पटक क्यानडामा आपतकाल लगाइएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार प्रधानमन्त्री ट्रुडोले मिडियासँगको कुराकानीमा भने, ‘यसरी नाकाबन्दी गर्दा हाम्रो अर्थव्यवस्थामा हानी पुगिरहेको छ र सार्वजनिक सुरक्षालाई पनि खतरामा पारिएको छ । हामी अवैध र खतरनाक गतिविधिलाई जारी राख्न अनुमति दिन सकिँदैन, न कहिले दिनेछौँ ।’
यस्तै क्यानेडियन सिभिल लिबर्टिज असोसिएशनले भनेको छ, ‘सरकारले आपतकालीन अधिनियम लागू गर्ने मापदण्ड पूरा गरेको छैन । आपतकालीन अधिनियमको उद्देश्य ‘सम्प्रभुता, सुरक्षा र क्षेत्रीय अखण्डता’ को खतरासँग जुध्नका लागि लागू गरिन्छ ।’
वि.सं.२०७८ फागुन ३ मंगलवार ११:२६

















