skip this

रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु

765 shares
oil-nigam-amlekhgunj-adv.jpeg

एजेन्सी । रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले १३७ जनाको मृत्यु भइसकेको पुष्टि गरेका हुन् ।
आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधरण रहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
युक्रेन सीमा रक्षक सेवा डीपीएसएले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाएको छ ।
युक्रेन र रुसबीचको द्धन्द्धले कच्चा तेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
हिजो एकै दिन ११ अंक बढेर कच्चा तेलको भाउ एकैदिन १ सय ५ डलर पुगेको हो । यसको सिधा असर नेपालमासेमत पर्ने देखिन्छ ।

nijgadh-supermart-adz1200-630