अफगानिस्तानको मस्जिदमा विस्फोट : मृतक संख्या ४० पुग्यो
वि.सं.२०७८ असोज ३० शनिवार १२:०८

काबुल : अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएका बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ६८ जना घाइते भएका छन् । शुक्रबार मस्जिदमा गराइएका बिस्फोटहरु आत्मघाती भएको तालिवान अधिकारीहरुले बताएका छन् ।
घाइतेहरुको अवस्था गम्भिर रहेकोले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । मस्जिदको मुख्य ढोकामा, मस्जिदको दक्षिण भागमा र प्रार्थनपछि हात धुने स्थलमा गरी तीन ओटा बिस्फोट भएको साँक्षीको भनाई उदृत गर्दै अफगान सञ्चार माध्यमहरुले जनाएका छन् ।
दोषीलाई कारबाही गरिने तालिवान सरकारका गृहमन्त्री क्वारी सइद खोस्तीले बताएका छन् । प्रार्थनको समयमा बिस्फोट गराइएको थियो । बिस्फोटनको कारण केही खुलेको छैन् । त्यस्तै, बिस्फोटको जिम्मा पनि कुनै समूहले लिएको छैन।
वि.सं.२०७८ असोज ३० शनिवार १२:०८
















