skip this farak Kura Pravakar

झिझिया नाच हेर्न गएका युवककाे शव इनारभित्र भेटियाे

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सिरहामा इनारमा डुबेको अवस्थामा शनिबार बिहान एक युवक मृत फेला परेका छन् ।
     जिल्लाको नरहा गाउँपालिका ३ स्थित इनारमा गोलबजार नगरपालिका ८ का २० वर्षीय शत्रुधन महतो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
    महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाउने तयारी गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिए ।
   स्थानीयका अनुसार युवक नरहामै आयोजित झिझिया नाच हेर्न शुक्रबार राति गएका थिए ।
      नाच हेर्ने क्रममा केही युवकबीच झगडा भएको थियो । झगडा र महतोको मृत्युको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630