skip this

पोल्याण्डद्वारा सयौं आप्रवासीलाई प्रवेशमा रोक

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

एजेन्सी : अपोल्याण्डले देशभित्र आप्रवासी प्रवेशमा रोक लगाएको छ । बेलारुससँगको पूर्वी सीमानामा जम्मा भएका सयौं मानिसलाई प्रवेशमा रोक लगाइएको हो ।
अरु हजारौं मानिस पोल्याण्डतर्फ आउँदै गरेको बताइएको छ। बेलारुसले आप्रवासीलाई जबर्जस्ती आफ्नो सीमातर्फ धकेलेको आरोप लगाउँदै पोल्याण्डले यसलाई आपराधिक कार्य भनी टिप्पणी गरेको छ ।
पोल्याण्ड सरकारले उनीहरुलाई रोक्न सीमा क्षेत्रमा १२ हजार सेना परिचालन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पोल्याण्ड, लिथुआनिया र लाट्भियाले बेलारुसबाट अवैधरुपमा आफ्नो देश प्रवेश गर्न खोज्ने आप्रवासीको संख्या पछिल्लो समय बढ्दै गएको बताएका छन् ।
आप्रवासीहरु अधिकांश मध्यपूर्व र एशियाका रहेको समाचारमा उल्लेख छ।

nijgadh-supermart-adz1200-630