skip this

राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिए

843 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : भूमि सम्बन्धी समस्या समाधान गर्न सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको सिफारिसमा एक/एक जना सदस्यहरू थपिएका हुन्।नेकपा (एकीकृत समाजवादी)को सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टीको सिफारिसमा राघव राय यादव, कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा माओवादी केन्द्रको सिफारिसमा बासुदेव हुमागाईं आयोग सदस्यमा नियुक्त भएका हुन्।चारै सदस्यलाई आयोग अध्यक्ष केशव निरौलाले सोमबार नै पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
शपथ खुवाएपछि अध्यक्ष निरौलाले अब तीव्र गतिमा काम अघि बढाउने बताए।आयोगको प्राथमिकतामा भूमिहीन दलित परेको समेत उनको भनाइ छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन गरी सरकारले नयाँ आयोग बनाएको थियो। पछि कांग्रेस निकट निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरिएको थियो। आयोगमा अझै दुई सदस्यको पद रिक्त छ ।
यस अघिको सरकारले एमाले नेता देवी ज्ञवालीको अध्यक्षतामा गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगलाई खारेज गरि कांग्रेस कार्यकर्ता शिक्षक महासंघका नेता केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग नाम दिएर यसको गठन गरेको हो ।

nijgadh-supermart-adz1200-630