skip this

श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमान्, छोरा–छोरी, भाञ्जीको सडक दुर्घटनामा मृत्यु

831 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : भारतको बिहारका लखिसरायमा भयानक सडक दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा चारजना गम्भीर रुपमा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार यी सबै एक दाहसंस्कारमा समावशे भएर सुमो गाडीमा फर्किरहेका बेला ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको हो ।
दुर्घटना स्थलमा ज्यान गुमाउने ६ जना बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका नातेदार भएको स्रोतले बताएको छ ।
सुमोमा १० जना सवार थिए । जानकारीका अनुसार लालजीत सिंहकी श्रीमती गीता देवीको दाह संस्कारमा समावेश भएपछि चालकसमेत एकै परिवार १० जना सुमो गोल्डमा गाउँ फिर्ता भइरहेको थिए ।
तर बाटोमा नै खाना पकाउने खाली ग्यासले भरिएको ट्रकसँग उक्त सुमो ठोक्कियो । यसमा गीता देवीका श्रीमान् लालजीत सिंह, जेठो छोरा अमित शेखर उर्फ नेमानी सिंह, कान्छो छोरा रामचन्द्र सिंह, छोरी बेवी देवी, भाञ्जी अनिता देवी तथा चालक प्रितम कुमारको घटनास्थलमा नै मृत्यु भयो ।

nijgadh-supermart-adz1200-630