skip this

पूर्व प्रधानमन्त्री इमरान खानलाइ अर्को जेलमा सारिने

684 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक जेलबाट रावलपिण्डीको ग्यारिसन सहरको अदियाला जेलमा सार्न आदेश दिएको छ।

तेहरिक ए इस्लाम पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीलाई उच्च सुरक्षा मानिएको अदियाला जेलमा राख्न इस्लामावाद उच्च अदालतमा याचिका दायर गरिएको थियो।

उच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई अटक जेलबाट रावलपिंडीको अदियाला जेलमा सार्न निर्देशन दिएका हुन् । ७० वर्षीय इमरान खानलाई तोशखाना भ्रष्टाचार मुद्दामा अगस्ट ५ देखि अटक जेलमा राखिएको थियो । इस्लामावाद उच्च अदालतले उनको सजाय निलम्बन गरे पनि गोप्य कागजात चुहावटको मुद्दामा उनलाई अटक जेलमा राखिएको थियो।

आधिकारिक गोप्य कानून अन्तर्गत एक विशेष अदालतले गोप्य कागजातहरू लीक गरेको मामिलामा इमरान खानको रिमान्ड सेप्टेम्बर १३ बाट बढाएर सेप्टेम्बर २६ सम्म पुरयाइएको छ । इस्लामावाद अदालतले पूर्वप्रधानमन्त्रीलाई तीन वर्षको जेल सजाय सुनाएको छ र अधिकारीहरूलाई अडियाला जेलमा राख्न आदेश पनि दिएको छ। इमरान खान पक्राउ परेदेखि नै अटक जेलमा राखिएका छन् ।

nijgadh-supermart-adz1200-630