skip this farak Kura Pravakar

चुनावी र्‍यालीमा क्रममा भाषण गरिरहेका बेला अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लागेको छ।

पेन्सिलभेनियामा चुनावी र्‍यालीमा क्रममा भाषण गरिरहेका बेला पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको त्यहाँस्थित सञ्चारमाध्ययमले जनाएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार गोली लागेपनि उनी सुरक्षित छन्। उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका छन्।

प्रत्यक्षदर्शीलाई उदृत गर्दै विदेशी सञ्चारमाध्ययमहरूमा उल्लेख भए अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो। त्यसक्रममा चलेका गोलीका थुप्रै आवाजहरू सुनिएको थियो।

रोयटर्समा सार्वजनिक तस्बिरमा ट्रम्पको अनुहारमा रगत बगेको देख्न सकिन्छ। ट्रम्पले पनि गोली चल्नबित्तीकै हातले कानलाई समातेका थिए।

यता, कानुनी अधिकारीहरूले ट्रम्पको हत्याको लक्ष्य भएको देखिने बताउँदै प्रेसले रिपोर्ट निकालेका छन्।

चुनावी र्‍यालीका क्रममा भएको सो घटनाको त्यहाँका वर्तमान राष्ट्रपति जो बाइडेनले निन्दा गरेका छन्।

nijgadh-supermart-adz1200-630