skip this yams_Max_Hospital.jpeg

कार्यपालिका लक्षित कोषबाट फूलमायाले गराईन् धर्मशाला मर्मत, विपन्नलाई छानादेखि किसानलाई फूलखेतीसम्म

1.19K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कार्यपालिका लक्षित कोष शिर्षकमा ६५ लाख बजेट छुट्याएको छ ।

एक कार्यपालिका सदस्यले ८ लाख बजेट परिचालन गर्ने गरि योजना तथा कार्यक्रम छनौंट तथा सञ्चालन गरिएको थियो ।

कार्यपालिका सदस्य फूलमाया लामा घलान निजगढ वडा नं. १ सिंगौलकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट पहिलो पटक कार्यपालिका सदस्य बनेकी हुन् । उनी जनयुद्धदेखि नै माओवादी आन्दोलनमा जोडिएकी फूलमाया नेतृ समेत हुन् ।

कार्यपालिका सदस्य फूलमायाले कोषबाट प्राप्त बजेटबाट धर्मशाला मर्तत, जस्तापाता वितरण र किसानलाई बेमौसमी फूल खेती तालिम र भ्रमण गराएकी छिन् ।

के–के भए कार्यक्रम ?

फूलमायाले पूर्वाधारतर्फ निजगढ १ सिंगौलस्थित शिव मन्दिरमा रहेको अधुरो धर्मशाला मर्मत संभारमा गराएकी छिन् । मन्दिर समितिमार्फत दुई लाख बजेटमा अधुरो धर्मशाला मर्मत संभार गराएकी हुन् ।

त्यसैगरि कोषमार्फत दलित तथा विपन्न ८ घर परिवारलाई जस्तापाता वितरण गराएकी हुन् । कोषको ४ लाख १२ हजार बजेटमा क्रियटिभ स्किल डेभलपमेन्ट प्रा. लि. को आयोजनामा जस्तापाता खरिद गरेर घरघरमा पुर्‍याईएको हो ।

जस्तापाता छाउन समेत मिस्त्रीको व्यवस्था गरेकी थिईन् । आर्थिक अवस्था कमजोर भएको कारण छानो छाउन समस्या पर्ने देखेपछि मिस्त्रीको व्यवस्था गरेको फूलमायाले बताईन् ।

त्यसैगरि आर्थिक उपार्जन र फूलखेतीमा आत्मनिर्भर बनाउने उदेश्यले बेमौसमी फूलखेती तालिम सञ्चालन गरेकी छिन् । कोषको २ लाख बजेटमा क्रियटिभ स्किल डेभलपमेन्ट प्रा. लि.ले आयोजना गरेको १५ दिने तालिममा ३५ जना सहभागि थिए ।

प्रशिक्षक बालकृष्ण चौलागाईबाट फूलखेतीको प्रशिक्षण दिएका प्रशिक्षार्थीलाई स्थलत निरीक्षणका लागि सिम्रौनगढमा अवलोकन भ्रमण समेत गराईएको थियो ।

nijgadh-supermart-adz1200-630