skip this

निजगढ ८ को गौरीशंकर शिक्षण सिकाई क्रियाकलापमा नयाँ सारथी थपियो ल्याप्टप

2.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका ८ स्थित गौरीशंकर माध्यामिक विद्यालयले विद्यालयमा कार्यरत शिक्षकलाई ल्यापटप वितरण गरेको छ ।

आधुनिक शिक्षामा जोड दिँदै शिक्षकलाई प्रविधि मैत्री बनाउने उद्धेश्यले विद्यालयमा कार्यरत ४० जना शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको हो ।

नमुना विद्यालय बिकास कार्याक्रममा रहेको ‘शिक्षकसंग ल्यापटप’ कार्यक्रमबाट शिक्षकलाई ल्यापटप वितरण गरेको विद्यालयले जनाएको छ ।

६५ जना शिक्षक कार्यरत रहेको यस विद्यालयले सुरुवात चरणमा ४० जना शिक्षकलाई एक–एक थान ल्यापटप दिइएको हो ।

विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नका लागि विद्यालय आफ्ना विद्यालयमा कार्यरत ४० जना शिक्षकलाई ल्यापटप वितरण गरेको प्रधानाध्यापक बद्रीनारायण झाले बताए ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कुमार बर्तौला, व्यवस्थापन समितिका सदस्य थानेश्वर सापकोटा अविरल, पेमा घ्याम्चो लगायतले शिक्षकहरुलाई ल्यापटप हस्तान्तरण गरेका थिए ।

ल्यापटप हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रवि कुमार बर्तौलाले विद्यालयले प्रविधिको प्रयोग गर्दै शिक्षक र विद्यालयलाई प्रविधिमैत्री बनाउदैँ जाने योजना अनुसारनै सुरुवातमा ४० जना शिक्षकलाई ल्यापटप प्रदान गरिएको बताए ।

गौरीशंकर माध्यमिक विद्यालयमा कक्षा ४ देखि १२ सम्मनै कम्प्युटर अध्ययन गराईने गरिएको छ । गौरीशंकरमा अंग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । त्यहाँ करिब २ हजार २ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले प्राविधिक धारतर्फका विद्यार्थीलाई स्मार्टबोर्ड र प्रोजेक्टरमार्फत पढाइ गर्ने तयारीमा रहेको जनाएको छ । प्रतिथान ७३ हजार ७ सय ५० रुपैयाँको दरले करिब २९ लाख ५० हजारमा ल्यापटप खरिद गरि आज शिक्षकहरुलाइ ल्याप्टप वितरण गरिएको विद्यालयले जनाएको छ ।

nijgadh-supermart-adz1200-630